+

लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ

३१ बैशाख २०८३, बिहीबार १८:३८

काठमाडौं । देशका छुट्टाछुट्टै स्थानबाट लागूऔषध खैरो हेरोइनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-११ बाट अवैध लागूऔषध खैरो हेरोइन ८३ ग्राम र डिजिटल तराजु १ थान सहित उदयपुर चौदण्डीगढी नगरपालिका-५ घर भएका ३१ वर्षीय केदार राईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔष सहित पक्राउ गरेको हो।

कञ्चनपुरको पुनर्वास नगरपालिका-४ कार्गीलडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ७० मिलिग्राम सहित कैलाली गोदावरी नगरपालिका-६ लालपुर बस्ने २८ वर्षीय हिक्मत बहादुर साउदलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।