पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा सोमबार आएको शक्तिशाली आँधीका कारण एउटा घर भत्किदा एक जना महिला र एक जना बच्चासहित तीन जनाको मृत्यु भएको र अर्को एक जना गम्भीर घाइते भएको प्रान्तीय सरकारले मङ्गलबार जनाएको छ । अचिन जिल्लाको अब्दुलखैल क्षेत्रमा उक्त दुर्घटना भएको जनाइएको छ ।
सुरक्षाकर्मी र स्थानीय बासिन्दाहरूले भत्केर क्षति ग्रस्त घरको भग्नावशेष बाट पीडितको शव बरामद गरेका विज्ञप्तिमा उल्लेख गरिएको छ । एक जना १० वर्षीया बालिकालाई भग्नावशेषबाट जीवितै बाहिर निकालि तत्काल उपचारका लागि नजिकैको अस्पतालमा सारिएको उल्लेख गरिएको छ ।
अफगानिस्तानमा मौसमी प्रकोपको बिचमा आँधी आएको जनाइएको छ । आधिकारिक तथ्याङ्क अनुसार अप्रिल महिनामा मात्रै आएको भारी वर्षा, आकस्मिक बाढी र तिव्र आँधीबेहरीले खफगानिस्तानमा २०० भन्दा बढीको ज्यान लिएको छ । जस मध्ये धेरै महिला तथा बालबालिका भएको जनाइएको छ भने २५० भन्दा बढी घाइते भएका छन् ।


