+

विपक्षीको नाराबाजीबीच ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ प्रतिनिधि सभाबाट पारित

७ जेष्ठ २०८३, बिहीबार २०:०२

काठमाडौँ। प्रतिनिधिसभा बाट बिहिबार वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित भएको छ।

संसदमा प्रधानमन्त्रीको अनुपस्थितीमा प्रतिपक्षले विरोध गरिरहेको बेलामा अर्थमन्त्री डा स्वणिम वाग्ले मार्फत विधेयक पारित गर्न सभामुखले निर्देशन दिएका हुन्।

सभामुख डिपी अर्यालले विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए। प्रतिपक्षी दलका सांसदहरुले निरन्तर विरोध जनाउँदा पनि  वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित भएको हो।

सभामुख डिपी अर्यालले विरोधका बिचमा ‘‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ को अंग बनेको’ घोषणा गरेका थिए।