+

यस्तो छ आजकाे लागि विदेशी मुद्राको विनिमय दर

९ जेष्ठ २०८३, शनिबार ०७:१४

काठमाडौं। नेपाल राष्ट्र बैंकले शनिवारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले तोकेको नयाँ दररेट अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४१ पैसा कायम भएको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ८६ पैसा तोकिएको छ भने युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०६ रुपैयाँ ०६ पैसा र बिक्रीदर २०६ रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ।

स्वीस फ्र्याङ्क एकको खरिददर १९४ रुपैयाँ २० पैसा र बिक्रीदर १९४ रुपैयाँ ९७ पैसा रहँदा अस्ट्रेलियन डलरको खरिददर १०८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १०९ रुपैयाँ २७ पैसा कायम भएको छ। क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ७६ पैसा र बिक्रीदर १११ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ।

यसैगरी सिङ्गापुर डलरको खरिददर ११९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ८१ पैसा तोकिँदा चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४९ पैसा र बिक्रीदर २२ रुपैयाँ ५८ पैसा रहेको छ।

जापानी येन १० को खरिददर ८९ रुपैयाँ ६० पैसा र बिक्रीदर ९ रुपैयाँ ६४ पैसा कायम गरिएको छ। खाडी मुलुकका मुद्रातर्फ साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७२ पैसा र बिक्रीदर ४० रुपैयाँ ८८ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९४ पैसा र बिक्रीदर ४२ रुपैयाँ १० पैसा तोकिएको छ।

राष्ट्र बैंकका अनुसार यो विनिमय दर आवश्यकताका आधारमा जुनसुकै समयमा पनि संशोधन हुन सक्नेछ। वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने केही फरक हुन सक्ने जानकारी दिँदै बैंकले अद्यावधिक दररेट केन्द्रीय बैंकको वेबसाइटमा हेर्न सकिने जनाएको छ।