काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला परेको छ।
सिन्धुलीको सुनकोशी गाउँपालिका-३ साँधीस्थित सुनकोशी नदीको किनारामा पहिचान नखुलेका अन्दाजी ४२ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन्।
बर्दियाको बारबर्दिया नगरपालिका-११ जब्दी घाटस्थित खोला छेउमा पहिचान नखुलेका अन्दाजी ६० वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन्।
मोरङको पथरी शनिश्चरे नगरपालिका-३ सुबेदी चोक बस्ने ६० वर्षीया रत्नमाया राई आफ्नै घर नजिक मकै बारीमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन्।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


