काठमाडौँ । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति गठन भएको छ । सभामुख डोलप्रसाद अर्यालले बुधबारकाे प्रतिनिधि सभा नियमावलीको नियम १३ बमोजिम १५ सदस्यीय कार्यव्यवस्था समिति प्रतिनिधि सभा बैठकमा घोषणा गरेका हुन् ।
समिति सदस्यहरूमा डा.अचुतम लामिछाने, आर्यन राई, ऐनबहादुर महर, कविन्द्र बुर्लाकोटी, क्रान्तिशिखा धिताल, खुश्बु ओली, देवराज पाठक, निष्कल राई निशा डाँगी, प्रकाशचन्द्र परियार, वासना थापा, युवराज दुलाल, राजन गौतम, राम लामा र विपिनकुमार आचार्य छन्।


