+

प्रधानमन्त्री फेरि छापामार शैलीमा आएर उद्दण्डता मच्चाइदिनुहोला भन्ने डर लागेको छ : आङ्देम्वे

२७ जेष्ठ २०८३, बुधबार १६:२२

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहलाई अब सदनमा नखोज्ने भएको छ । आज जारी संसद बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्वेले प्रधानमन्त्रीले बोलेकै कुरामा संसद लामो समय अल्मलिन नहुने पनि बताए ।

उनले संसदको रोष्ट्रममा उभिएर बोल्दै संसद प्रधानमन्त्रीलाई नचाहिएको भए पनि प्रतिपक्षीलाई चाहिएको बताए ।

‘प्रधानमन्त्री फेरि कुनै दिन छापामार शैलीमा आएर उद्दण्डता मच्चाइदिनुहोला भन्ने डर लाग्न थालेको छ । त्यसैले म अब उहाँलाई खोज्न चाहन्न । मेरो मुलुकका प्रश्नहरू उहाँको उपस्थिति भन्दा पनि ठूलो छन् । संवेदनशिल छ, प्रधानमन्त्रीले बोलेकै कुरामा अल्मलिएर गरिमामय संसदको अमूल्य समय खेर फाल्नु हुन्न,’ उनले भने ।

ताजा अपडेट