+

सीमा मिचेको विषयमा बुझ्न नेपाली सेनालाई पठाउन हर्कको माग

२७ जेष्ठ २०८३, बुधबार २०:१८

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा मिचिएको विषयमा हेर्न बुझ्न नेपाली सेनालाई पठाउन सरकारलाई अनुरोध गरेका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

उनले यो देश आन्दोलन र झैझगडाबाट भएको भन्दै सदनमा बोल्न पनि आन्दोलन गर्नुपर्ने अवस्था आएको टिप्पणी गरे ।

‘अब यो सदनमा बोल्नको लागि पनि आन्दोलन गर्नुपर्ने भयो। प्रधानमन्त्रीज्यूलाई यता आउनको लागि पनि आन्दोलन गर्दै आएको मान्छे। यो आन्दोलन नै आन्दोलनको देश, झै(झगडा, आगजनीको देश, कुटपिट, काटमारको देश, त्यसको ह्याङओभर हाम्रो सदनभित्र पनि छ। शायद हामी त्यसकै तरिकाले ग्रोम अप भएर आयौँ होला,’ उनले भने ।