काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीले भारत भ्रमणको क्रममा सीमा विवादबारे कुरा नउठाएको भन्दै आपत्ति जनाएकी छन् ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै न्यानो आतिथ्यतामा रमाउँदै बिछ्याइएका कार्पेटहरूलाई कुल्चँदै राष्ट्रवादलाई भुलेको आरोप लगााइन् ।
‘हामीले सुन्यौँ हामीले अतीतको बोझलाई बोक्न सक्दैनौँ भनेर रातो कार्पेटभित्र छोपिएको राष्ट्रघाती अभिव्यक्ति माननीय हाम्रो परराष्ट्र मन्त्रीले दिनुभयो। उहाँले समकक्षसँग बस्दै इतिहासको बोझ बोक्न नसक्ने कुरा गर्नुभयो । अतीतको बोझ हामी बोक्न सक्दैनौँ भनेर के चिजलाई भन्न खोज्नुभएको हो? उहाँले हाम्रो कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका अतिक्रमित जमिनहरूको नेपालको दाबीलाई हामीले बोक्न सक्दैनौँ भनेर भन्नुभएको हो ?,’ उनले भनिन् ।


