चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको जारी महाधिवेशनमा केन्द्रीय सदस्यका लागि युवा डुप्साङ लामाले पनि उमेद्धवारी दिएका छन । अादीवासी, जनजाती (खुल्ला) क्लष्टरबाट केन्द्रीय सदस्यका आकाँक्षी लामाले जेनजी आन्दोलनका मुद्धामा युवा एकताको नारा अघि सारेका छन । यस्तै, शुसासन र भ्रष्टाचार नियन्त्रण तथा सामाजिक न्याय र समावेशीताका लागि पनि आफ्नो जीत हुनुपर्ने बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको सुरुदेखिको असल, ईमान्दार र प्रतिवद्ध कार्यकत्र्ताका रुपमा आफूले निश्चित जिम्मेवारीका साथ थप शसक्त र प्रभावकारी कार्य सम्पादनका लागि केन्द्रीय सदस्य भएर काम गर्न चाहेको पनि उनले स्पष्ट पारेका छन् ।
लामा हिमाली जिल्ला रसुवाको रास्वपाका संस्थापक÷ अगुवा मध्ये एक अग्रज युवा हुन । उनले संगठित रुपमा नै पदीय जिम्मेवारीसहित काम गर्न चाहेकोले आफू केन्द्रीय सदस्यको प्रत्यासी बनेको बताएका छन् । उनी हालसम्म सदस्यका रुपमा मात्रै पार्टीमा क्रियाशिल रहेका थिए ।
रास्वपामा लामा संस्थापक टीमप्रति प्रतिवद्व रहेका युवा नेता हुन् । जिल्लाबाट पनि रास्वपाको केन्द्रीय समितिमा प्रतिनिधत्व होस भन्ने उदेश्यले पनि उनले केन्द्रीय सदस्यमा उम्मेद्धवारी दिएका हुन् । हिमाली जिल्ला र आदिवासी कोटा दुबै तर्फबाट रास्वपाको केन्द्रीय नेतृत्वमा कमी हटाउन चाहेकोले आफूले उमेद्धवारी दिएको उनले बताएका छन् ।
उत्तरी छिमेकी चीनको एक सीमा नाका समेत रहेको हिमाली जिल्ला रुसुवाको आदिवासी जनजाती प्रतिनिधिका रूपमा पार्टिमा अघि बढन आफूलाई महाधिवशेनले केन्द्रीय सदस्यको जिम्मेवारी दिने कुरामा उनी विश्वस्त देखिएका छन । हिमाली भुगोलको प्रतिनिधित्वका लागि पनि महाधिवशेनले जिम्मेवारी दिने उनको विश्वास छ । रणनीतिक रूपमा रास्वपाको नेतृत्वमा रसुवाको प्रतिनिधित्वकने अभाव पुरा गर्न उनले केन्द्रीय सदस्यको बलियो दाबेदारका रुपमा आफूलाई प्रस्तुत गरेका छन् ।
समग्रमा रास्वपाको होलटाईमर, पूर्ण ईमान्दार र प्रतिवद्व कार्यकत्र्ता र सिपाहीको भूमिकामा उनले आफूलाई पदीय जिम्मेवारीसहित थप शसक्त बनाउने जनाएका छन । महाधिवेशन प्रतिनिधिहरुले जनजाती कोटाबाट आफूलाई केन्द्रीय सदस्य बनाउनुपर्ने उनको मत छ । उनले महाधिवेशन परिसरमा सबैसंगको सहयोगको अपेक्षा राखेका छन् ।


