+

जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छ : मन्त्री लम्साल

२१ असार २०८३, आईतवार २२:१६

दमौली (तनहुँ) । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जनप्रतिनिधि जनताप्रति सधैँ उत्तरदायी बन्नुपर्ने बताएका छन्।

तनहुँको दमौली र दुलेगौँडामा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता कार्यकर्तासँग छलफल गर्दै उनले तीन तहकै सरकारका जनप्रतिनिधि जनताप्रति उत्तरदायी बन्नुपर्ने उल्लेख गरे।

मन्त्री लम्सालले जनताले भोग्नुपरेका समस्या र गुनासो सम्बन्धित निकायसम्म पु¥याउन आग्रह गर्दै सुशासन, जवाफदेहिता र प्रभावकारी सेवा प्रवाहमा सरकार प्रतिबद्ध रहेको बताए। उनले तनहुँका लागि रु चार अर्बको बजेटको सीमामा रहेर सडक र पुलको योजना ल्याउन सरोकार भएकाहरूलाई आग्रह गरे।

छलफलका क्रममा रास्वपा जिल्ला सभापति विश्व बास्तोलाले जिल्लाको विकास, निर्माणका विषयमा मन्त्री लम्सालको ध्यानाकर्षण गराएका छन्।