+

गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन

२६ असार २०८३, शुक्रबार १६:१७

काठमाडौँ । गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन भएको छ ।

गृहमन्त्री सुधन गुरुङले यो प्रकरणमा छानबिन गर्न नेपाल प्रहरीका डीआईजीको नेतृत्वमा समिति गठन गरेको जानकारी दिएका हुन् ।

गुरुङका अनुसार उक्त समितिमा डिआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो ।

अहिलेसम्म उक्त घटनाका सम्बन्धमा सोधपुछ गर्न महानगर प्रहरी बलका तीन जना महानगर प्रहरीलाई नियन्त्रणमा लिएको उनले जानकारी दिए ।