काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनका बैठकबाट पारित भएका तीन विधेयक प्रमाणीकरण गरेका छन्।
उनले विनियोजन विधेयक, २०८३, राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक प्रमाणीकरण गरेका हुन्।
राष्ट्रपतिले संविधानको धारा ११३ उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरण गरेका हुन्।


