काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ८ सय रुपैयाँ कायम भएको छ। मंगलबार प्रतितोला २ लाख ८४ हजार रुपैयाँ रहेको सुनको मूल्य बुधबार ८ सय रुपैयाँले वृद्धि भएको हो।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँले बढेको छ। मंगलबार प्रतितोला ४ हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ४ हजार ४१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
महासंघका अनुसार बुधबार सुनको मूल्य १० ग्रामको २ लाख ४४ हजार १७० रुपैयाँ र चाँदीको मूल्य १० ग्रामको ३ हजार ७८५ रुपैयाँ निर्धारण गरिएको छ।


