+

मुग्लिन-नारायणगढ सडकमा राति सवारी चलाउन रोक

१२ श्रावण २०८३, मंगलवार १९:४६

काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डमा राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार मुग्लिन बजार नजिकै सुक्खा पहिरो गएको र खस्ने क्रम निरन्तर रहेकोले मानवीय जोखिमलाई मध्यनजर गर्दै मंगलबार राति ८ बजेदेखि बुधबार बिहान ५ बजेसम्मका लागि सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो।

मंगलबार दिउँसो दुई पटक पहिरो पन्छाएर यातायात सुचारु गरिए पनि निरन्तरको जोखिमका कारण रातको समयमा आवगमन बन्द गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ।