+

बीमा र धितोपत्र कसुरमा शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्ने आदेश

१२ श्रावण २०८३, मंगलवार १९:३७

काठमाडौं । व्यवसायी शेखर गोल्छालाई एक करोड रूपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ।

जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले मंगलबार सुनुवाइ गर्दै गोल्छालाई बिमासम्बन्धी कसुरमा ७५ लाख र धितोपत्रसम्बन्धी कसुरमा २५ लाख गरी कुल एक करोड रूपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिएका छन्।