No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित

काठमाडौं । एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङवीचको खेल बर्षाले प्रभावित बनेको छ । ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा नेपाली समय अनुसार ११ः४५ बजेदेखि सुरु हुने भनिएको उक्त खेल वर्षाले…

जुम्ला रारा अल्ट्रा म्याराथनको उपाधि धिर बुढालाई

जुम्ला ।  जुम्ला रारा अल्ट्रा म्याराथन  प्रतियोगिता उपाधि धिर बुढाले जितेका छन् । जुम्लादेखि मुगुको रारातालसम्म ४९ किलोमिटर दौडमा कनकासुन्दरी गाउँपालिका– १ का धिर बुढा पहिलो भएको आयोजकले जनाएको छ । कर्णाली स्पोर्टस् क्लव जुम्लाद्वारा…

बर्नमाउथसँग म्यानचेस्टर युनाइटेडको बराबरी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले कठिन बराबरी गरेको छ । एफसी बर्नमाउथसँग २–२ गोलको पुनरागमन बराबरी गर्दै तालिकामा एक अंक थपेको हो । बर्नमाउथले घरेलु मैदानमा १६ औं मिनेटमा अग्रता लिएको थियो । उसका डोमोनिक…

लेखनाथ हाफ म्याराथनको उपाधि सेनाका सञ्जयलाई

कास्की । नेपाली नयाँ वर्ष २०८१ को अवसर पारेर पोखरा महानगरपालिका खेलकुद विकास समितिले आज पोखराको साविक लेखनाथमा ‘लेखनाथ हाफ म्याराथन’ सम्पन्न गरेको छ । दोस्रो संस्करणका रूपमा आयोजना गरिएको लेखनाथ हाफ म्याराथनको उपाधि नेपाली सेनाको…

विदेशिए भलिबलका चम्किला रवि

गण्डकी ।  नेपाल भलिबल सङ्घद्वारा गत चैत पहिलो साता काठमाडौँमा आयोजित आठौँ ‘एनभिए भलिबल च्याम्पिएनसिप’का तीन स्पर्धामा रवि केसी उत्कृष्ट खेलाडी घोषित भएका थिए । गण्डकी प्रदेश टिमबाट खेलेका रविका लागि सम्भवतः उक्त प्रतियोगिता नै उनको भलिबल…

एसीसी प्रिमियर कप क्रिकेटमा नेपालको दोश्रो जित

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले दोश्रो जित निकालेको छ । शनिबार नेपालले कतारलाई ३२ रनले हराएको हो । नेपालले दिएको दुई सय ११ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा नौ विकेट गुमाएर एक सय ७८ रन मात्र बनाउन सक्यो । कतारका लागि…

धनगढी म्याराथनको उपाधि मुकेश पाललाई

सुदूरपश्चिम । ‘अब धनगढी दौडिन्छ’ भन्ने नाराका साथ नयाँ वर्ष २०८१ का आवसरमा कैलालीको धनगढीमा शनिबार आयोजित हाफ म्याराथन प्रतियोगितामा मुकेशबहादुर पाल प्रथम भएका छन् । धनगढी जेसीजद्वारा आयोजित २१ किलोमिटर दूरीको हाफ म्याराथन…

एसिसी प्रिमियर कपको पहिलो खेलमा नेपाल विजयी

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले मलेसियालाई पाँच विकेटले पराजित गरेको हो । ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २०…

आइपीएलमा मुम्बई इन्डियन्सको दोस्रो जित

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा मुम्बई इन्डियन्सले दोस्रो जित दर्ता गर्दा रोयल च्यालेन्जर्स बेंग्लुरुले भने पाँचौं हार व्यहोरेको छ । बिहीबार राति वांङखडे स्टेडियममा बेंगलुरुले निर्धारित ओभरमा ८ विकेट गुमाएर १९६ रन बनाएको थियो ।…

आइडब्लुएफ विश्व कपमा भारोत्तोलन खेलाडी सागरद्वारा कीर्तिमानमा सुधार

महेन्द्रनगर (कञ्चनपुर) ।थाइल्याण्डको फुकेटमा जारी अन्तर्राष्ट्रिय भारोत्तोलन महासङ्घ (आइडब्लुएफ) विश्व कप भारोत्तोलन प्रतियोगितामा नेपालका खेलाडी सागर भण्डारीले आफ्नो राष्ट्रिय कीर्तिमानमा सुधार गरेका छन् । उक्त प्रतियोगिताअन्तर्गत…