+

एपीएफका तेक्वाण्दो स्टार एपीएफ तेक्वाण्दो ईन्टरनेश्नल एथलेट अफ द ईअर २०२५ बाट सम्मानित

८ भाद्र २०८२, आईतवार १६:०८

काठमाण्डौं । शसस्त्र प्रहरी बल नेपालका चर्चित तेक्वाण्दो खोलाडी निरज देउवाले अन्र्तराष्ट्रिय सम्मान प्राप्त गरेका छन ।

एपीएफका तेक्वाण्दो खोलाडी देउवालाई एपीएफ तेक्वाण्दो ईन्टरनेश्नल एथलेट अफ द ईअर २०२५ बाट सम्मानित गरिएको छ । काठमाण्डौंमा आयोजित साउथ एशियन विजनेस पार्टनरसीप समिटका दौरान अन्य हस्तीहरुसंगै तेक्वाण्दो स्टार देउवा पनि सम्मानित भएका हुन । सम्मान समारोहको आयोजना आभा फाउण्डेसन नेपालले गरेको थियो ।

एपीएफमा आवद्ध तेक्वाण्दो स्टार देउवाले दक्षिण कोरीयामा सम्पन्न १० औं एमवीसी कप ईन्टरनेश्नल ओपन तेक्वाण्दो च्याम्पियनसीपमा स्वर्ण पदक जिते बापत उक्त अवार्ड पाएका हुन । उनले अन्य धेरै प्रतियोगिताहरुमा पनि पदक जितेर देशको शान, मान बढाउदै आएका छन ।