No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पाँच दिनदेखि हराइरहेकी वृद्धा मृत फेला

0
पाँचथर । पाँच दिनदेखि हराइरहेकी पाँचथरको फिदिम नगरपालिका–१ की एक वृद्धा मृत फेला परेकी छन् । फिदिम नगरपालिका–१ चारखम्बेकी ६८ वर्षीया सुशीला तामाङ फिदिम नगरपालिका–२ तालखर्कको ठाडे खोल्सीमा मृत फेला परेकी हुन् । तामाङ माघ ११ गतदेखि हराइरहेकी थिइन् । खोजी गर्ने क्रममा आज दिउँसो १२ः४० मा तामाङको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र मृतकको शवपरीक्षणका लागि पाँचथर जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।
प्रकाशित: १६ माघ २०७८, आईतवार १३:२८

Leave a Reply