No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘लप्पन छप्पन २’ फागुन २० बाट प्रदर्शनमा आउने

0

काठमाडौं । फागुन १३ गतेदेखि रिलिज हुने भनिएको मुकुन्द भट्ट निर्देशित सिनेमा ‘लप्पन छप्पन २’को रिलिज मिति सरेको छ । नेपाल चलचित्र संघले फागुन १३ मा ‘म यस्तो गीत गाउँछु २’ लाई प्रदर्शन अनुमति दिएपछि निर्माण टिमले सिनेमाको प्रदर्शन सारेको हो ।

अब ‘लप्पन छप्पन २’ फागुन २० गतेबाट देशव्यापी प्रदर्शनमा आउनेछ । निर्देशक भट्ट र निर्माता निर्मल कुमार मिश्रले फागुन २० मा ‘लप्पन छप्पन २’ लाई सहज प्रदर्शनको व्यवस्था मिलाउन चलचित्र संघदेखि विकास बोर्डसम्मको सहयोग आवश्यक रहेको बताए ।

फागुन १३ को मिति छाड्न चौतर्फी दबाब आएपछि बाध्य भएर सिनेमाको रिलिज सारेको निर्माण टिमले जनाएको छ । सिनेमामा शिव श्रेष्ठ, सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व.दीपक क्षेत्री, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा, आना ढकाल लगायतको अभिनय छ ।

कोरोना महामारीका कारण दुई वर्षदेखि अड्किएर बसेको ‘लप्पन छप्पन २’ ठूलो बजेटमा निर्माण भएको छ । गोल्डेन हिल्स पिक्चर्स, रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाको ब्यानरमा निर्माण भएको सिनेमाको कार्यकारी निर्मातामा सुरज अधिकारी र प्रजापति सिवाकोटी छन् ।

चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र र सन्तोष चन्द्र भक्रेल निर्माता रहेको ‘लप्पन छप्पन २’ लाई पुरुषोत्तम प्रधानको छायांकन र मिलन श्रेष्ठको सम्पादन छ ।

प्रकाशित: १ फाल्गुन २०७८, आईतवार ११:३९

Leave a Reply