No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

काठमाडौं महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि

0

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अब बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गर्ने भएको छ । वैशाख १५ गतेदेखि व्यवस्था कार्यान्वयन गर्न लागिएकोमा त्यस दिन शनिबार परेकोले वैशाख १६ गते आइतबारदेखि कार्यालय बिहान ९ बजे खोल्न लागिएको प्रवक्ता नविन मानन्धरले जानकारी दिए ।

बेलुका भने समय परिवर्तन गरिएको छैन । यो सेवा महानगरपालिकाका सबै विभाग, वडा, सचिवालय, आयोजनासमेतका कार्यालयको हकमा लागू हुनेछ ।

थप समयमा काम गर्नका लागि कर्मचारीहरुलाई प्रोत्साहन गर्न ‘काठमाडौँ महानगरपालिका कर्मचारी सेवा सुविधा सम्बन्धी मापदण्ड २०८०’ नगर कार्यपालिकाबाट स्वीकृत गरी स्थानीय राजपत्रमा प्रकाशित भइसकेको छ ।

सेवाको गुणस्तरीयता र प्रभावकारिताका लागि अतिरिक्त समयमा समेत कार्य सम्पादन गर्न आवश्यक रहेकोले पदीय जिम्मेवारी वहन गर्न उपलब्ध गराउने स्रोत, साधन सम्बन्धी व्यवस्था मापदण्डले गरेको छ ।

बिहान १० बजेबाट सरकारी तथा निजी क्षेत्रका कार्यालयमा काम गर्ने कर्मचारीलाई यो व्यवस्थाले महानगरपालिकाबाट सेवा प्राप्त गर्न सहज हुनेछ । बिहान आफ्नो कार्यालय जानु पूर्व महानगरपालिका र अन्तर्गतका विभिन्न कार्यालयहरूबाट सेवा प्राप्त सजिलो होस भन्ने उद्देश्यले यो व्यवस्था कार्यान्वयन गरिएको प्रवक्ता मानन्धरको भनाइ छ ।

प्रकाशित: १४ बैशाख २०८१, शुक्रबार १४:०८

Leave a Reply