No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राजेश हमालको ‘हजुर मुसुक्कै’

0

काठमाडौं । महानायक राजेश हमाल र ‘दर्पण छायाँ’ की अभिनेतृ निरुता सिंह अभिनित पहिलो म्युजिक भिडियो ‘हजुर मुसुक्कै’ सार्वजनिक गरिएको छ ।

आइतबार गृहमन्त्री बालकृष्ण खाँणको प्रमुख आतिथ्यमा भिडियो सार्वजनिक गरिएको हो । सुरेश अधिकारीको संगीत एंव शब्द रहेको गीतमा गायिका रचना रिमाल र गायक कृष्ण बिकको स्वर छ ।

१५ मिनेट लामो गीति कथा बोकेको भिडियोमा जिवी आग्रीको कथा, पटकथा एवं निर्देशन छ । छायाँकन संजय लामा र नृत्य निर्देशन कविराज गहतराजको छ । निकै नै आकर्षक बनेको ‘हजुर मुसुक्कै’ गीतको भिडियोमा राजेश हमाल र निरुता सिंहसँगै प्रिन्स विश्वकर्मा, प्रियना आचार्य, सुरविर पण्डित लगायत अन्य कलाकारहरुको अभिनय छ । राजेश हमाल र निरुता सिंहले १२ वर्षपछि एकसाथ काम गरेका हुन् ।

प्रकाशित: २ फाल्गुन २०७८, सोमबार ०३:१९

Leave a Reply