No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेप्सेमा २० अंकको गिरावट

0

काठमाडौं । मङ्गलबार ५३ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से बुधवार भने झन्डै २० अङ्कले घटेको छ । नेप्से आज १९ दशमलव ८४ अङ्कले घटेर दुई हजार सात सय ३४ दशमलव ४४ विन्दुमा झरेको छ ।

आज जीवन बीमा र अन्य समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेर राताम्मे भएको छ । दुई सय ३१ कम्पनीका ५६ लाख ६२ हजार कित्ता शेयर तीन अर्ब दुई करोड ६३ लाख रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै अपी पावर कम्पनीको २१ करोड १४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज बुद्धभूमि हाइड्रोको शेयर साढे पाँच प्रतिशत र मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर पाँच प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि गुराँस लघुवित्त कम्पनीको शेयर साढे तीन प्रतिशतले बढेको छ ।

प्रकाशित: ४ फाल्गुन २०७८, बुधबार १०:२४

Leave a Reply