No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

काठमाडौंबाट नक्कली नोटसहित चारजना पक्राउ

0

काठमाडौं । प्रहरीले काठमाडौंबाट करिव तीन लाख रुपैयाँ नक्कली नेपाली नोटसहित चारजनालाई पक्राउ गरको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले नक्कली नोटसहित चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहटका पृथ्वीप्रसाद शाह, मुसरफ अली, असरफ अली सहिद र महमद शम्साद आलम छन् । उनीहरूलाई काठमाडौं–१६, नयाँ बजारको मेडिकल चोक क्षेत्रबाट पक्राउ गरेको महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार उनीहरूबाट एक हजार रुपैयाँ दरका २ लाख ९४ हजार नेपाली नक्कली नोट बरामद भएको छ ।

 

प्रकाशित: ४ फाल्गुन २०७८, बुधबार १४:०३

Leave a Reply