No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एमसीसी अब पास हुन्छः प्रधानमन्त्री

0

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अब संसदबाट पास हुने बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्रीले अब एमसीसी पास हुने बताएका हुन् । उनले भने, ‘अब पास हुन्छ ।’

लामो समयको विवादपछि आजको संसद बैठकमा सूचना प्रविधि तथा संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता पेश गरेका थिए । त्यसअघि आजै बिहान बसेको सत्ता गठबन्धनका दलहरुको बैठकले एमसीसी सदनमा टेबल गर्न सहमति गरेको थियो । एमसीसी सदनमा पेश गरेपनि संशोधन नगरी पास नगर्ने पक्षमा सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादी रहेका छन् ।

प्रकाशित: ८ फाल्गुन २०७८, आईतवार ०९:२६

Leave a Reply