No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बारको निर्वाचन तालिका सार्वजनिक

0

काठमाडौं । नेपाल बार एशोसिएसनले निर्वाचन तालिका सार्वजनिक गरेको छ । चैत १९ गते हुने निर्वाचनका लागि बारको निर्वाचन समितिले तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार फागुन १० गते मतदाता नामावली प्रकाशन गरिने छ ।

त्यस्तै उम्मेदवारी दर्ता फागुन २३ गते तोकिएको छ। सो दिन बिहान ११ बजेदेखि दिउसो ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । दाबी विरोध, जाँचबुझ र दोस्रो नामावली प्रकाशन फागुन २४ गते, नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन २५ गते हुनेछ ।

मतदान चैत १९ गते बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ । निर्वाचनबाट अध्यक्ष १, उपाध्यक्ष ८, महासचिव १, कोषाध्यक्ष १, सदस्यहरू १४ जना निर्वाचित हुनेछन् ।

प्रकाशित: ९ फाल्गुन २०७८, सोमबार ०५:४२

Leave a Reply