No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अन्तर्राष्ट्रिय महत्वका विषयमा राष्ट्रिय सहमति हुँदा राम्रो : उपराष्ट्रपति

0

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले एमसीसी सम्झौता राष्ट्रिय सहमतिमा मात्र अगाडि बढाउनु पर्ने बताएका छन् । अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा उपराष्ट्रपति पुनले ‘एमसीसी’ शब्द उच्चारण नगरी यसमा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका हुन् ।

उनले देशमा राष्ट्रिय, अन्तर्राष्ट्रिय विषयहरुमा मतभिन्नता प्रकट भइरहेको भन्दै दूरगामी महत्वको विषयमा राष्ट्रिय सहमति हुँदा राम्रो हुने बताए ।

उनले भने, ‘अहिले देशभित्र विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय महत्वका विषयहरुमा छलफल र मतभिन्नताहरु प्रकट भइरहेका छन् । दुरगामी महत्व राख्ने राष्ट्रिय, अन्तर्राष्ट्रिय महत्वका विषयमा राष्ट्रिय सहमति हुँदा राम्रो हुन्छ । राष्ट्रिय सहमति नहुँदा यसले राजनीतिक विवाद पैदा हुन सक्ने खतरा हुन्छ । र यसले देशलाई राम्रो गर्दैन । यसमा हामीले विगतबाट पाठहरु पनि सिक्न सक्नुपर्दछ । म यसतर्फ सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु ।’ उपराष्ट्रपति पुनले मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउनुपर्नेमा जोड दिए ।

प्रकाशित: ९ फाल्गुन २०७८, सोमबार ११:४७

Leave a Reply