No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एमसीसीविरुद्धको रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

0

काठमाडौं । सर्वोच्च अदालतले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) खारेजीको माग गरेर सर्वोच्च अदालतमा लगिएको रिट निवेदन दर्ता गर्न अस्वीकार(दरपीठ) गरेको छ ।

अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र स्वागत नेपालले एमसीसी खारेजीको माग गर्दै रिट सर्वोच्चमा लगेका थिए । नीतिगत निर्णय अदालतको क्षेत्राधिकारमा नपर्ने भन्दै रिट दरपीठ भएको हो । दरपीठका विरुद्ध भण्डारीले निवेदन लिएर पुनः सर्वोच्च जार्ने तयारी गरेका छन् ।

त्यसैगरी, अधिवक्ता स्वागत नेपालले एमसीसीका लागि एमसिए नेपालमार्फत नेपालको राष्ट्रिय स्वाधीनता विरुद्ध प्रयोग गर्ने उद्देश्यले नेपालको नुवाकोट जिल्लाको बेलकोटगढी वडा नं. ७ रातमाटेमा ३९८ रोपनी जमीन खरिद गरेकोमा सो लगायत एमसिए नेपालले गरेका कर्मचारी नियुक्ति समेतका कार्यहरु बदर लागि अन्तरिम आदेश समेत माग गर्दै रिट पेश गरेका थिए ।

साथै रिटमा एमसिए नेपाललाई वैधानिकता दिने गरी प्रकाशित नेपाल राजपत्रको खण्ड ६८ संख्या २ मिति २०७५ वैशाख ५ गते मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (गठन) आदेश, २०७४ खारेज गर्न माग गरिएको थियो ।

प्रकाशित: १० फाल्गुन २०७८, मंगलवार ०८:०८

Leave a Reply