No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गठबन्धन भत्किनु अनिवार्यः सचिव भट्टराई

0

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पाँच दलीय सत्ता गठबन्धन रहँदासम्म मुलुक अनिर्णयको बन्दी भइरहने भएकाले यो छिटो भत्किनुपर्ने बताएका छन् ।

बिहीबार संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले गठबन्धन भत्किनु अनिवार्य भएको बताएका हुन् । उनले गठबन्धनमा असफल भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग ब्ल्यांक चेक मागिरहेको तर त्यो एमालेलाई स्वीकार्य नहुने बताए । उनले भने,‘एमालेले ब्ल्यांक चेक दिँदैन ।’

उनले अहिले देखिएको गठबन्धनको असफलताले मुलुकलाई अन्तर्राष्ट्रियरुपमा बेइज्जत गराएको समेत बताए । उनले भने,‘अहिले गुटको संकट ल्याएर पार्टीमा थुपार्ने र पार्टीको संकट ल्याएर गठबन्धनमा थुपार्ने, अनि गठबन्धनको संकटलाई राष्ट्रिय संकटको रुपमा खडा गरेर नेपाललाई भूराजनीतिक चलखेल अखडा बनाइएको छ ।’

प्रकाशित: १२ फाल्गुन २०७८, बिहीबार ०९:१२

Leave a Reply