No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सत्ता गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने माओवादीको निर्णय

0

काठमाडौं । नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने निर्णय गरेको छ। शुक्रबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकले सत्ता गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने निर्णय गरेको प्रचण्डका प्रमुख स्वकीय सचिव गंगा दाहालले जानकारी दिएकी छन् ।

बैठकले एमसीसीका सम्बन्धमा पार्टीले लिँदै आएको अडानलाई यथावत राख्ने निर्णय पनि गरेको छ । दाहालले भनिन्, ‘अध्यक्ष कमरेड प्रचण्डले बोलाउनु भएको केन्द्रीय कार्यालयको विस्तारित छलफल सकियो। एमसीसीबारे पार्टीको पुर्ववत सैद्धान्तिक धारणामा रहि गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी भयो ।’

पार्टीको निर्णय अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई आजै जानकारी गराउने छन् ।

प्रकाशित: १३ फाल्गुन २०७८, शुक्रबार ०७:१०

Leave a Reply