No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बेलारुसले रुसलाई सघाउन सेना पठाउने

0

रुसी सेनालाई आधारक्षेत्र प्रदान गरेको बेलारुसले युक्रेनमा गरिएको आक्रमणमा सघाउन अब आफ्नो सेना पठाउने तयारी गरिरहेको जनाइएको छ । द किएभ इन्डिपेन्डन्टले थुप्रै स्रोतलाई उदृत गर्दै बेलारुसले युक्रेनमा आफ्नो फौज परिचालन गर्न सक्ने जनाएको छ ।

लामो समयदेखि रुसको साझेदारका रूपमा रहेको बेलारुसको उत्तरी सीमा युक्रेनसँग जोडिएको छ । यसअघि आइतबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना बेलारुसी समकक्षी एलेक्सेन्डर लुकाशेन्कोले आफ्नो फौज नपठाउने प्रतिबद्धता टेलिफोनमार्फत् जनाएको बताएका थिए।

प्रकाशित: १६ फाल्गुन २०७८, सोमबार ०५:५५

Leave a Reply