No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एनप्याब्सनको उपमहासचिवमा प्रकाश खड्काको उम्मेदवारी घोषणा

0

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) को आसन्न सातौँ राष्ट्रिय महाधिवेशनमा उपमहासचिव पदमा प्रकाशचन्द्र खड्काले उम्मेदवारी घोषणा गरेका छन् । निजी तथा आवासीय विद्यालयहरुको छाता संगठन एनप्याब्सनको नेपालगन्जमा यही फागुन २२ र २३ मा हुने राष्ट्रिय महाधिवेशनमा पाणिनी स्कूलका संस्थापक तथा संचालक प्रकाशचन्द्र खड्काले उपमहासचिव पदमा उम्मेद्धवारी दिने घोषणा गरेका हुन् ।

लामो समयदेखि संगठनमा आवद्ध रहँदै आएका खड्काले सहजतामा मात्र होइन,संकटमा पनि साथ, निजी विद्यालय सदैव वालवालिकाका साथ भन्ने नारा सार्थक बनाउन आफूले केन्द्रीय उपमहासचिवमा उम्मेद्धवारी दिने बताएका छन् । संगठनलाई व्यावसायिक रुपमा सबल बनाउन आफ्नो उम्मेद्धवारी रहेकोले सबैको साथ र समर्थन पाउने विश्वास उपमहासचिव पदका प्रत्याशी खड्काले व्यक्त गरेका छन् ।

वर्तमान अवस्थामा विभिन्न राष्ट्रिय शैक्षिक मुद्दाको न्यायोचित समाधानका लागि र सङ्गठनलाई कुशल नेतृत्व प्रदान गरी अझै बढी उन्नत, गतिशील र प्रतिस्पर्धी संस्थाका रूपमा अघि बढाउने सङ्कल्पसहित खड्काले उपमहासचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् । निजी विद्यालयको हकहितको रक्षा, समयानुकूल गुणस्तरीय शिक्षाको प्रवद्र्धन तथा निजी र सरकारी विद्यालयबीचको विभेद अन्त्यका लागि आफ्नो उम्मेदवारी हुने उपमहासचिवका प्रत्याशी खड्काले बताए ।

 

प्रकाशित: २० फाल्गुन २०७८, शुक्रबार ०७:३१

Leave a Reply