No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

आमनिर्वाचनमा कांग्रेसले सानदार ढंगले बहुमत ल्याउँछः महामन्त्री थापा

0

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी आमनिर्वाचनमा नेपाली कांग्रेसले सानदार ढंगले बहुमत ल्याउने दाबी गरेका छन् । शनिबार नेपाल कर्मचारी युनियनको आठौँ महाधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै महामन्त्री थापाले आमनिर्वाचनमा कांग्रेसलाई बहुमत ल्याउन कसैले रोक्न नसक्ने बताएका हुन् ।

उनले,‘स्थानीय चुनाव तलमाथि हुँदैन र यसवर्ष सानदार ढंगले चुनाव जितेर आएर कांग्रेसले पाँच वर्ष सरकार चलाउँछ।’ महामन्त्री थापाले स्थानीय तमको निर्वाचन तोकिएको समयमै हुने उल्लेख गर्दै संसदलाई एमालेले चल्न नदिए आम निर्वाचन केही चाँडो हुन सक्ने बताए।

उनले भने,‘वैशाख ३० गते स्थानीय तहको चुनाव हुन्छ । त्यसपछि आम निर्वाचन हुन्छ। संसद चलाउन हामीले एमालेलाई फकाएका छौं। जति गरे पनि एमालेले अबरोध प्रयास जारी राखे किन संसद चलाइराख्ने भन्न प्रश्न आउन सक्छ। अनि आम निर्वाचन अगाडि पनि हुन सक्छ ।’

उनले नेकपाले म्यान्डेटअनुसार ५ वर्षसम्म सरकार चलाउन नसकेकाले आफूहरूले जिम्मेवारी लिएको पनि बताए । उनले भने,‘यही हलबाट होइन नेकपाले अब ५० वर्ष कांग्रेस सरकारमा आउँदैन भनेको । कांग्रेसको अन्तिम सरकार यही हो भनेको होइन ?’

प्रकाशित: २१ फाल्गुन २०७८, शनिबार ०७:३२

Leave a Reply