No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

महाअभियोग प्रस्तावबारे अध्ययन गर्न सिफारिस समिति गठन

0

काठमाडौं । संसदले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावबारे अध्ययन गर्न महाअभियोग सिफारिस समिति गठन गरेको छ ।

प्रतिनिधिसभाको प्रतिनिधिसभाको आइतबारको बैठकले ११ सदस्यीय समिति गठन गरेको हो । समितिमा नेकपा एमालेबाट विष्णु पौडेल, शिवमाया ताम्बाहाङ्फे, कृष्णभक्त पोखरेल र लालबाबु पण्डित छन् । नेपाली कांग्रेसबाट मीनबहादुर विश्वकर्मा र रामबहादुर विष्ट, माओवादी केन्द्रबाट यशोदा सुवेदी गुरुङ र रेखा शर्मा छन् ।

यस्तै एकीकृत समाजवादीबाट कल्याणी खड्का, जनता समाजवादी पार्टीबाट प्रमोद साह र लोकतान्त्रिक समाजवादी पार्टीबाट एकवाल मियाँ सदस्य छन् ।

प्रतिनिधि सभा नियमावली २०७५ को नियम १६२ मा अनुसार समिति बनाइएको हो। समितिले काम सुरु गरेको बढीमा तीन महिनाभित्र सिफारिसहितको प्रतिवेदन दिनुपर्नेछ। समितिले महाभियोग अघि बढाउने नबढाउने सिफारिससहितको प्रतिवेदन बुझाउनेछ। प्रधानन्यायाधीश राणाविरुद्ध फागुन १ गते संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरिएको थियो।

 

 

प्रकाशित: २२ फाल्गुन २०७८, आईतवार ०८:३४

Leave a Reply