No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एमालेले संसद चल्नै नदिएकाले अब भंग गर्नुको विकल्प छैनः माधव नेपाल

0

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद भंग गरेर चुनावमा जान सकिने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले एमालेले लगातार संसद अवरुद्ध गरिरहेकाले चुनावमा जानुपर्ने अवस्था आउने बताएका हुन् ।

उनले भने, ‘एमालेले संसद चल्न पनि नदिने, हामीले भत्ता खाइरहने, केपी ओलीलाई कति सहने ?’ उनले एमालेले संसद चल्नै नदिएकाले अब भंग गर्नुको विकल्प नभएको पनि बताए । उनले संसद भंग गरेर तीनै तहको निर्वाचन एकैपटक गर्नेबारे गठबन्धनमा छलफल भइरहेको बताए । नेकपा एमालेले गत भदौदेखि संसद अवरोध गर्दै आएको छ ।

प्रकाशित: २२ फाल्गुन २०७८, आईतवार ०९:०९

Leave a Reply