No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

वीरेन्द्र साह पत्रकारिता पुरस्कारबाट अनुप तिवारी पुरस्कृत

0

वीरगन्ज । स्वर्गीय वीरेन्द्र साह पत्रकारिता पुरस्कार ०७८ बाट नेपाल पत्रकार महासङ्ह पर्साका अध्यक्ष अनुप तिवारी पुरस्कृत भएका छन् । एमालेनिकट पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष तिवारी पुरस्कृत भएका हुन् ।
तिवारी संगै महाधिवेशनमा ११ जना पत्रकार विभिन्न पुरस्कारबाट पुरस्कृत भएका छन । महाधिवेशनको उद्घाटन एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई पुरस्कार वितरण गरेका हुन ।

हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार २०७७ बाट प्रेस चौतारीका पूर्वअध्यक्ष राजेन्द्र अर्याल र २०७८ बाट अर्का पूर्वअध्यक्ष गगन विष्टलाई पुरस्कृत भएका छन ।

अग्निशिखा पत्रकारिता पुरस्कार २०७७ कृष्णविनोद लम्साल तथा २०७८ बाट झलक सुवेदी, डेकेन्द्र थापा पत्रकारिता पुरस्कार २०७७ बाट सागर पण्डित र २०७८ बाट हिरा परियार, वीरेन्द्र साह क्रियाशील पत्रकारिता पुरस्कार २०७७ बाट केपी गौतम ,चन्द्र न्यौपाने शान्तिराम कार्की पत्रकारिता पुरस्कारबाट शान्ति गुरुङ, पदमलक्ष्मी सावित्री स्मृति पत्रकारिता पुरस्कार २०७७ बाट अब्दुल्ला मियाँ र २०७८ बाट शिवराज भट्टलाई पुरस्कृत भएका हुन् ।

एमालेनिकट पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि पोखरामा सुरु भएको छ । शनिबारसम्म चल्ने महाधिवेशनमा सहभागी हुन देशभरबाट एक हजार दुई सयजना पत्रकार पोखरामा भेला भएका छन् । महाधिवेशनमा नौ सय प्रतिनिधिसँगै सल्लाहकार, मनोनीतसहितका प्रतिनिधिहरूको सहभागिता रहनेछ ।

प्रकाशित: २७ फाल्गुन २०७८, शुक्रबार ०८:३२

Leave a Reply