No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

टोपबहादुर रायमाझीलाई थुनामै राख्न सर्वोच्चको आदेश

0

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । बिहीबार सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले अघिल्ला दुई तहका अदालतले गरेको आदेश सदर गरेको हो ।

यस्तै निलम्बित सचिव टेकनारायण पाण्डेलाई पनि थुनामुक्त गर्न सर्वोच्चले अस्वीकार गरेको छ । तर यही मुद्दामा आङ्टावा शेर्पा र गोविन्दकुमार चौधरीलाई धरौटीमा र शमशेर मियाँलाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, निलम्बित सचिव टेकनारायण पाण्डे सहित जिल्ला अदालत र उच्च अदालत पाटनबाट थुनामा गएका प्रतिवादीहरु सर्वोच्च पुगेका थिए ।

प्रकाशित: १३ बैशाख २०८१, बिहीबार १४:२४

Leave a Reply