No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रतितोला रु १२०० ले घट्यो सुनको मूल्य

0

काठमाडाैँ । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु ९९ हजार ३०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख ५०० मा कारोबार भएको सुन आज तोलामा रु एक हजार २०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ८०० तोकिएको छ । जसको मूल्य मङ्गलबार प्रतितोला रु एक लाख थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर एक हजार ३७० मा आएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९१६ डलर आसपास कारोबार भइरहेको छ ।

 

प्रकाशित: २ चैत्र २०७८, बुधबार ०६:१४

Leave a Reply