No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

चिनियाँ विदेशमन्त्रीको त्यो संकेत हाम्रा नेताले कति बुझे होलान् ?

0

केशवप्रसाद भट्टराई ।

१. चिनियाँ विदेशमन्त्री वाङ् यी एक चीन नीतिमा नेपालको प्रतिवद्धता माग्न आएका होइनन्, न नै नेपालको घाँस किन्न ! तर समझदारीले के पनि बतायो भने नेपालले बेच्ने भनेको घाँस, दाउरा, बालुवा, गिट्टी मात्रै हो ।

२. जे को लागि वाङ्ग आएका थिए, त्यो उनले भनेनन् होला । उनीहरूले संकेत मात्रै गर्छन् र त्यो संकेत हाम्राले कति बुझे थाहा छैन ।

३. नेपालमा आफ्ना रणनीतिक लक्ष प्राप्तिको सम्भावनाको आँकलनगर्न आएका हुन् , त्यसलाई कसरी आँकलन गरे थाहा भएन । त्यसको गृहकार्य नेपाल स्थित चीनियाँ राजदूतावासलाई दिएको हुनुपर्छ ।

४. साढे तीन वर्ष ओली नेतृत्वको कम्युनिस्ट पार्टी नेतृत्वको शक्तिशाली सरकार हुँदा अघि नबढेको बिआरआई परियोजना अन्तर्गतको नेपाल–चीन रेल मार्ग देउवा नेतृत्वको निर्वाचनको मुखको पाँचमुखे सरकारले अघि बढाउने कुराको अपेक्षा चीनले नगरेको हुनुपर्छ ।

५. पाँच–छ वर्ष देखि चीनसँगको मूल नाका मानिएको कोदारी र रसुवा नाका एक किसिमले बन्द छ, त्यसले नेपालको राष्ट्रिय जीवनमा कुनै सानो असर पुगेको पनि अनुभव भएन । तर भारतसँगको रक्सौल,जोगबनी र भैरहवा नाका एन दिन बन्द भए, मुलुकमा हाहाकार मच्चिन्छ । यसलाई चीनले बुझ्दछ । त्यसैले नेपालकोलागि बिआरआई अन्तर्गतको रेल मार्गको महत्वबारे नेपालका वाम नेता, विज्ञ, विश्लेषकले जति चिच्याएर कुरा गरे लेखे पनि तीक्ष्ण व्यापारिक चेत भएका चीनियाँहरूले त्यसको सीमा बुझेका छन्, त्यसैले उनीहरूले अनुदान दिएर उक्त मार्ग बनाउन लाग्दैनन् । भारत जोडिने अवस्थामा त्यो सम्भव हुन्छ तर भारत जोडिने सम्भावना हाललाई धेरै टाढा को कुरा भयो।

प्रकाशित: १४ चैत्र २०७८, सोमबार ०४:४०

Leave a Reply