No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राजदूत आचार्यद्वारा बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेस

0

काठमाडौं । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । आचार्यले बिहीबार बेलायती महारानीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।

भर्चुअल रूपमा आयोजना गरिएको कार्यक्रममा राजदूत आचार्यले मध्याह्न बकिङहम प्यालेस पुगेर महारानीलाई ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । राजदूत आचार्यले बेलायतका लागि २३ औँ राजदूतको रूपमा गत फेब्रुअरी २३ मा आफ्नो पदबहाली गरेका हुन् ।

प्रकाशित: १७ चैत्र २०७८, बिहीबार १६:१६

Leave a Reply