No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यबाट रुस निलम्बित

0

संयुक्त राष्ट्र संघको महासभाले रुसलाई संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्(ओएचसीआर) को सदस्यबाट निलम्बन गरेको छ । युक्रेनको बुचा सहरमा रुसी सेनाले सुनियोजित रूपमा युक्रेनमा मानवअधिकार उल्लंघन गरेको विषयमा महासभाले रुसलाई ओएचसीआरको सदस्यबाट निलम्बन गरेको हो ।

रुसलाई निलम्बन गर्नुपर्छ भन्ने प्रस्तावमा ९३ मुलुकले समर्थन गरेका छन् । चीन, क्युबा, सिरिया, जिम्बाब्वेलगायतका २४ मुलुकले भने निलम्बनको विपक्षमा मतदान गरेका छन् ।

नेपाल, भारत, भुटानलगायतका ५८ मुलुक भने मतदानमा अनुपस्थित रहे । भुटान र नेपाल यसअघि युक्रेनमा रुसी आक्रमणको विरोधमा भएका मतदानमा सहभागी थिए । १९३ सदस्य रहेको महासभामा दुई तिहाई मतले रुसलाई सदस्यबाट हटाउने÷नहटाउने निर्णय गर्न सक्नेछ ।

प्रकाशित: २४ चैत्र २०७८, बिहीबार १६:४७

Leave a Reply