No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बोरोदियाङ्काको क्षति बुचा सहरको भन्दा धेरै

0

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बोरोदियाङ्का सहरमा भएको क्षति नजिकैको अर्को सहर बुचा भन्दा निकै धेरै भयानक रहेको बताएका छन् । सामाजिक संजाल फेसबुकमार्फत गरिएको सम्बोधनका क्रममा उनले ध्वस्त सहरमा सेना परिचालन गरिसकिएको जानकारी दिए ।

बिहीबार राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा राजधानी किएभबाट बोल्दै उनले रुसी सेनाबाट पीडित भएका झन् धेरै मानिस त्यहाँ रहेका बताए । युक्रेनकी मुख्य अभियोजनकर्ताका अनुसार बोरोदियाङ्कामा ध्वस्त भएको एक अपार्टमेन्टमा २६ वटा शव फेला परेका छन् सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट गर्दै इरीना भेनेडिक्टोभाले मस्कोमाथि जानाजान सर्वसाधारणहरू बसोबास गर्ने क्षेत्रलाई निसाना बनाएको आरोप लगाइन् ।

हालसालै जेलेन्स्कीले रुसी सेनाहरू माथि बुचा सहर नियन्त्रणमा लिएका बेला ३०० भन्दा बढी सर्वसाधारणलाई मारेको र यातना दिएको आरोप लगाएका थिए । युक्रेनी राष्ट्रपतिले उक्त सहर रुसी सेनाले नियन्त्रणमा लिएका बेला गरेका कार्यहरूको अनुसन्धान हालसालै सुरु गरिएको जानकारी दिए ।

प्रकाशित: २५ चैत्र २०७८, शुक्रबार ०२:३७

Leave a Reply