No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

३० अङ्कले बढ्यो नेप्से, कारोबार रकम डेढ अर्ब भन्दा कम

0

काठमाडौं । शेयर बजार बुधवार ३० अङ्कले बढेको छ । मङ्गलवार ३४ अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से बुधबार ३० दशमलव २४ अङ्कले बढेर दुई हजार चार सय १५ दशमलव २४ विन्दुमा पुगेको छ ।

बुधबार सबै समूहको शेयर बढेकोमा निर्जीवन बीमा, माइक्रोफाइनान्स, जीवन बीमा, उत्पादन, विकास बैंक र होटल तथा पर्यटनको समूहको शेयर उच्च अङ्कले बढेको छ । आज शेयर बढे पनि कारोबार रकम भने घटेको छ ।

मंगलबार एक अर्ब ५२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा आज दुई सय २९ कम्पनीको ३३ लाख ९८ हजार कित्ता शेयर एक अर्ब ४७ करोड रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै शिवम् सिमेन्टको आठ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो । आज नेस्डो समृद्ध लघुवित्तको शेयर १० प्रतिशतले र आरएमडीसी लघुवित्तको शेयर झन्डै नौ प्रतिशतले बढेको छ । दोहोरो अङ्कले बजार बढेको दिन युनाइटेड मर्दी हाइड्रोपावरको शेयर भने दुई प्रतिशतले घटेको छ ।

प्रकाशित: ३० चैत्र २०७८, बुधबार १०:१८

Leave a Reply