No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नवौं पटक छेडाए बुद्धकृष्णले जिब्रो(फोटोफिचर)

0

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाको बोडेमा मनाइने बिस्काः जात्रामा बुद्धकृष्ण श्रेष्ठले नवौं पटक जिब्रो छेडाएका छन् । शुक्रबार जिब्रो छेड्ने स्थल पाचो गणेश पाटीमा जात्राका नाइके नकर्मीबाट ४९ वर्षीय श्रेष्ठले जिब्रो छेडाएका हुन् । जिब्रो छेड्नुअघि श्रेष्ठ तीनअघिदेखि केही नखाई व्रत बसेका थिए ।

व्रत बसेपछि जिब्रो नछेडेसम्म सुत्न पनि नहुने र जिब्रो छेड्दा पीडा नहोस् भनेर सात दिनदेखि नुनसमेत नखाने चलन छ । एक महिनाअघिदेखि तयार पारेर तेलमा डुबाएर राखेको फलामको १० इन्च लामो सुइरोले जिब्रो छेड्ने गरिन्छ । त्यसपछि महादीप बोकेर एक घण्टा नगर परिक्रमा गरेर बोडेको महालक्ष्मी मन्दिरमा पुगेर सुइरो झिकेपछि जात्राको समापन हुने र भोज खाने प्रचलन छ ।

मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा लामो समयदेखि एम्बुलेन्स चालकका रुपमा कार्यरत बुद्धकृष्णले जात्राको निरन्तरा स्वरुप जिब्रो छेडेको बताए । यसपटक आफूले अन्तिम पटक जिब्रो छेड्ने उनले यसअघि नै बताएका थिए ।

तस्वीर :रत्न श्रेष्ठ/रासस

प्रकाशित: २ बैशाख २०७९, शुक्रबार ११:५६

Leave a Reply