No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सैन्य परेड बिना उत्तर कोरियाका संस्थापक किम इल सुङको जन्मजयन्ती

0

उत्तर कोरियाले सैन्य परेड बिना शनिबार उत्तर कोरियाका संस्थापक किम इल सुङको जन्मजयन्ती मनाएको छ । उत्तर कोरियाली नेता किम जोङ अनले देशका संस्थापक नेताको जन्मदिन मनाउन आयोजित भव्य सार्वजनिक समारोहको निरीक्षण गरेका राज्य सञ्चालित सञ्चारमाध्यमले जनाएको छ ।

अमेरिका र यूरोप र अन्य कतिपय मुलुकले सैनिक शक्तिको प्रतीक्षित प्रदर्शन बिना बित्नुलाई आश्चर्यका रूपमा लिएका छन् । यो वार्षिकोत्सव अनुमान गरेभन्दा शान्तिपूर्ण तर भव्य भएको उनीहरूको भनाइ रहेको छ । आणविक हतियार सम्पन्न यस देशमा ‘सूर्य दिवस’ भनेर चिनिने, वर्तमान नेता किम जोङ उनका हजुरबुबा, स्वर्गीय किम इल सुङको अप्रिल १५ को जन्मोत्सव प्योङयाङको राजनैतिक पात्रोमा सबैभन्दा महत्वपूर्ण मितिहरूमध्ये एक हो ।

विश्लेषक तथा दक्षिण कोरियाली तथा अमेरिकी अधिकारीहरूले यस अवसरमा उत्तर कोरियाले सैनिक परेड तथा आणविक परीक्षणसमेत गर्ने व्यापक अनुमान गरेका थिए । तर उक्त उत्सवमा नागरिक परेड, सामुहिक नृत्य र आतिशबाजीबाहेक सैन्य गतिविधि नगरिँदा उनीहरूको अनुमान तथा पक्षेपण गलत सावित बन्न पुग्यो ।

राज्य संचालित कोरियाली सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए)द्वारा जारी गरिएको फोटोमा किम जोङ अनले एउटा बाल्कनीबाट हेरेको र राजधानीको किम इल सुङ स्क्वायरलगायतका क्षेत्रमा हजारौं रंगीबिरंगी पहिरन लगाएका मानिसहरू देखाइएको छ ।

केसीएनएले भनेको छ, “उत्तर कोरियाली संस्थापक नेता किम इल सुङको जन्मदिवसमा नागरिकहरूले समाजवादी नाराहरू लेखिएका ब्यानर र भण्डा तथा देशको विशाल राष्ट्रिय झन्डा बोकेर मजदूर, किसान र नर्तकीहरू तथा अन्य व्यक्तिहरूको लश्कर किम इल सुङ स्क्वायरबाट अघि बढेको थिया ।”

किम परिवारका तीन पुस्ताले सन् १९४८ देखि उत्तर कोरियाको नेतृत्व गरेका छन् । नेता किमले उक्त दिन किम इल सुङ र उनका छोरा तथा उत्तराधिकारी किम जोङ इलको मृत शरीर राखिएको स्थान ‘कुमसुसान प्यालेस अफ द सन’को भ्रमण गरी उनीहरूप्रति श्रद्धा प्रकट गरेका पनि केसीएनएले जनाएको छ ।

प्रकाशित: ३ बैशाख २०७९, शनिबार १०:५७

Leave a Reply