No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपाल प्रहरीका ६ एसएसपीको सरुवा, काठमाडौं प्रमुखबाट भूपेन्द्र खत्रीलाई हटाइयो

0

काठमाडौं । नेपाल प्रहरीका ६ एसएसपीको सरुवा भएको छ । शुक्रबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले एसएसपीहरुको सरुवा गरेका हुन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं जिल्ला प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीको अपराध अनुसन्धान विभागमा सरुवा भएको छ भने विभागमा रहेका बसन्त रजौरेलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ । कोशी प्रदेश तालिम निर्देशनालयका एसएसपी राजन अधिकारीलाई प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयको जिम्मेवारी दिइएको छ ।

त्यहाँ रहेका एसएसपी अभयनारायण काफ्लेको कोशी प्रदेश तालिम निर्देशनालयमा सरुवा भएको छ । यस्तै, उपत्यका अपराध अनुसन्धान कार्यालयमा रहेका एसएसपी सोमेन्द्रसिंह राठौरको राष्ट्रिय सुरक्षा परिषदमा सरुवा गरिएको । परिषदमा रहेका सानुराम भट्टराई भने उपत्यका अपराध अनुसन्धान कार्यालयमा आएका छन् ।

प्रकाशित: १४ बैशाख २०८१, शुक्रबार ०७:४४

Leave a Reply