No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

माओवादीका दाङ जिल्ला इन्चार्ज गौतमद्वारा पार्टी परित्याग

0

दाङ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज जीवन गौतमले पार्टी परित्याग गरेका छन् । सोमबार दाङमा पत्रकार सम्मेलन गरी गौतमले पार्टीको साधारण सदस्यसमेत त्यागेको घोषणा गरेका हुन्।

उनी घोराही उपमहानगरपालिका मेयरका दाबेदार थिए । पार्टीबाट मेयरमा सिफारिसमा नपरेपछि उनले पार्टी छाडेका हुन् । घोराहीमा माओवादीबाट जिल्ला सहइन्चार्ज हेमराज शर्मालाई मेयरमा उठाउने तयारी छ ।

शर्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता कृष्णबहादुर महरानिकट मानिन्छन् । गौतम नारायणकाजी निकट हुन् । उनले माओवादीले गैरकम्युनिष्ट चरित्र देखाइरहेकोले पार्टी परित्याग गरेको बताए ।

प्रकाशित: ५ बैशाख २०७९, सोमबार ०७:५९

Leave a Reply