No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

वीरगञ्जका मेयर सरावगीद्वारा गाडी फिर्ता

0

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका मेयर विजय सरावगीले नगर प्रमुखको रुपमा लिएको सुविधा बापतको गाडी फिर्ता गरेका छन् । बुधबार मेयर सरावगील गाडी प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डेलाई बुझाएका हुन् ।

उनी मेयर भएपछि लामो समयसम्म गाडी नलिएको भएपनि तत्कालिन अवस्थामा सुरक्षाको थ्रेट र माथिल्लो निकायका भिआइपी आउँदा सुविधा सम्पन्न सवारी साधान आवश्यक पर्ने कुरा स्थानीय सुरक्षा निकायले अवगत गराएपछि महानगरले गाडी किनेको थियो । गाडीको साँचो हस्तान्तरण गर्दै मेयर सरावगीले गाडी नगरबासीको सम्पति भएको हुनाले उनीहरुको नासो निर्वाचनको बेला कसैले पनि दुरुपयोग गर्न नपाओस् भनेर नगरपालिकालाई बुझाएको धारणा बताए ।

प्रकाशित: ७ बैशाख २०७९, बुधबार ०८:०८

Leave a Reply