No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

साँच्चै हाम्रो चेत खुल्छ भने, नयाँलाई स्थापना र ‘फेलियर’लाई ‘बाइबाइ’ गरौं

0

ठाकुर पोखरेल ।

शेरबहादुर वाहेकको काङ्ग्रेस!
के• पी ओली वाहेकको एमाले!
प्रचण्ड वाहेकको माओवादी केन्द्र !
मा•कु• बाहेकको एस समाजवादी !
परिकल्पना गरौ ! नयाँ लाई स्थापना र फेलियर लाई बाई बाई !
——————-
साच्चै हामी समृद्ध नेपाल चाहान्छौं भने:-
यी पटक पटकका फेलियरहरु लाई अझै काँधमा बोकेर हिँड्न छोड्नु पर्दछ । मेरो पार्टी र तेरो पार्टी भन्दै गलतहरुलाई पटक पटक नेतृत्व किन सुम्पिरहने ? समयको बर्बाद, युवा क्षमता र दक्षता लाई अवसरबाट वन्चित ! अन्तर्राष्ट्रिय स्तरमा देश झनै ओझेलमा ! सच्चा नागरिक बनेर सोचौ त ! यीनका सत्ता कार्यमा के र कुन महत्वपूर्ण विकास निर्माणका महत्वपूर्ण कार्य भए ? कुनै ३- ५ वटा कोटगर्न मिल्ने कुन चाहिं गौरव का राष्ट्रिय योजना पुरा भयो ? अहँ पटक्कै मनले मान्दैन भने आ-आफ्नो दलमा नयाँ सक्षम नेतृत्व लाई उभ्याउन हिक्मत गरौ त !
यीनबाट समृद्ध नेपाल निर्माण सम्भव छैन। यी नै का पछि हिड्नेहरु धेरै संख्या रहेसम्म र चेतना नफिरे सम्म कम्जोर नेपाल, दरिद्र नेपाली हुने छौं।

यीनीहरुले खेलाएको नौटंकी खेल भित्र अझै बफादार कार्यकर्ता बनेर कति वर्ष हानाथाप गरि रहन्छौ ? बरु पुराना हुन, ब्यावस्था परिवर्तनमा योगदान गरेका छन् भन्ने हो भने देशका अभिभावक, सल्लाहकार बनाउने प्रयास गरौं। बेला बेलामा सम्मान गरौ न !
यी बाहेक वैकल्पिक बिचार र एजेण्डा बोक्ने, समावेशी लोकतन्त्र संस्थागत गर्दै एकाइसौं शताब्दीको जनचेतना लाई सम्बोधन गर्न सक्ने क्षमता वान, विकास वाहक अन्य नेतृत्व लाई पनि ता अवसर दिनु पर्छ नि है र ? सोचौ है साथीहरु :
निष्कर्षमा हाम्रो चाहना:-

विविधतायुक्त मुलुक नेपालमा पनि समावेशी लोकतन्त्रको अभ्यास २०४६को परिवर्तन बाट हुँदै आएको भए पनि माओवादी जनयुद्धको आढमा भएको जनआन्दोलन २ पछि नेपालको अन्तरिम संविधान २०६३ ले समानता, समावेशीता तथा समानुपातिक प्रतिनिधित्व सन्दर्भमा शासन सञ्चालन र नीति निर्माणको मूल धारमा आउन नसकेको वर्ग, क्षेत्र, लिङ्ग, जाति, धर्म र समुदायको यथार्थ पहिचान गरी संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारद्वारा उचित समन्वय गर्दै आर्थिक, सामाजिक, सांस्कृतिक र राजनैतिक रूपले पछाडि परेको समुदायलाई सशक्तिकरणका उपायहरूमार्फत शासन सञ्चालनमा सहभागी गराउँदै शासन व्यवस्था सञ्चालनमा समता र समानता कायम गर्नु आजको आवश्यकता रहेको देखिन्छ । यी यावत समस्याको समाधान र ब्याबस्थापन गर्दै एकाईसौ शताब्दीको जनचेतना र मानवीय मूल्य मान्यता लाई सर्वोत्कृष्ट मापदण्ड अनुसार विश्वका समृद्ध देशहरु सरह आधुनिकतामा रुपान्तरण हामी सबै नेपाली समाजको चाहना हो । नयाँ ढंगले अघि बढ्न कोसिस गरौ है । सबैको जय होस्।

प्रकाशित: ९ बैशाख २०७९, शुक्रबार ११:३७

Leave a Reply