No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

चार महानगरपालिकामा राप्रपाले उम्मेदवार टुंग्यायो

0

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ मध्ये ४ महानगरको उम्मेदवार टुंगो लगाएको छ । राप्रपाले काठमाडौंमा मदनदास श्रेष्ठ, ललितपुरमा अष्ट महर्जन, वीरगंजमा गिरिश गिरी र पोखरामा शंकर खराललाई मेयर पदको उमेदवार बनाएको छ ।

यस्तै राप्रपाले उप मेयरको पनि टुंगो लगाएको छ । काठमाडौंको उपमेयरमा विनिता मगैया, ललितपुर उपमेयरमा स्वर्णिमा शाक्य, वीरगञ्जमा विना जयसवाल, पोखरामा रञ्जना सेनको नाम टुंगो लागेको छ । बाँकी २ महानगरको आज अबेरसम्म टुंगो लगाइने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

प्रकाशित: १० बैशाख २०७९, शनिबार १३:११

Leave a Reply